• विनोद सापकोटा

    झापा पुस ३० । कनकाई नदीका दुवै किनारमा बर्सेनि लाग्दै आएको मकर संक्रान्ति अर्थात माई मेला यो वर्ष पनि सुरु भएको छ ।
    पुस २८ देखि माघ ३ गतेसम्म सञ्चालन हुने यो मेलाको झापा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका प्रदेश सभा सदस्य झलकसिंङ दर्लामी मगरले उद्घाटन गरे । यो वर्षदेखि जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा पनि माईमेला लाग्ने भएको छ । शिवसताक्षी-१० को दोमुखा र साविक माईधाम क्षेत्रमा आयोजना हुने मेलाको आइतबार उद्घाटन भएको हो । आयोजकका अनुसार प्राविधिक गडबडीका कारण यो वर्ष एक दिन ढिलो मेला सुरु भएको हो । यसअघि शनिबार कनकाई नगरको कोटीहोम क्षेत्रमा मेला उद्घाटन भएको थियो ।

    शनिबार बिहानैदेखि कन्काई नदीका दुवै किनारमा सर्वसाधरणको चहलपहल बढ्यो । मेलामा स्टल बुकिङ, व्यापारिक प्रयोजनका लागि भिटा खरिद, आवासको प्रबन्ध मिलाउन टाढा-टाढाबाट सर्वसाधारण माईमेला स्थलमा आइपुगेका छन् । माई मेला भर्न र मकर नुहाउन झापा, मोरङ, सुनसरी ,सप्तरी, सिराहा, धनकुटा, इलाम लगायत भारतका विभिन्न ठाउँ भाट तिर्थालु आउने गरेको मेला आयोजक संस्था शिवसताक्षी नगरपालिकाले जनाएको छ । मेलामा सवारीको चाप अघिल्ला वर्षको तुलना बढ्ने अनुमान छ ।

    हरेक वर्ष माघे संक्रान्तिका अवसरमा झापाको कनकाई माईधारमा भव्य मेला लाग्ने गरेको छ । यो वर्षदेखि दोमुखामा पनि माईमेला लाग्ने भएपछि सर्वसाधारण उत्साहित भएका छन् । मेलामा रोटेपिङ, विज्ञानकला, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम हुने दोमुखा धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लावतीले बताएका छन् ।

    माईधारमा मकर स्नानका लागि हजारौँ मानिस मेलामा आउने शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए । मेलामा कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय झापाले सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । मेलामा ३ सय बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले बताए ।

    सौर्यमानको हिसाबले माघ महिना आरम्भ हुने पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे संक्रान्तिलाईर् मकर संक्रान्ति पनि भन्ने गरिएको छ । माघ १ गते देखि सूर्यको उत्तरायण हुने हुँदा रात छोटा र दिन लामो हुने गरेको छ । मकर संक्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुललगायत कन्दमूल खाने परम्परा रहेको छ । हिन्दू धर्ममा उल्लेख भए अनुसार मकर संक्रान्तिको दिन नदी स्नानलाई उत्तम मानिन्छ । मकर संक्रान्तिकोे दिन सूर्योदय हुनु पूर्वको नदीस्नान अझ उत्तम मानिएको छ पण्डित सोमनाथ सुवेदीले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…