विवादित कुराहरु बोलेर फेसबुक लाईभमा आइरहने र्यापर साकारलाई झापा प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ ।
साकार भनिने साकारा अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार नियन्त्रणमा लिई मामालाई बुझाइएको हो ।
साकार र्याप कन्र्सटको लागि भुटान जाने भन्दै बिगत तिन दिनदेखि बिर्तामोडको एक होटलमा बास बसेका थिए । होटलमा उनि मिकि नाम गरेकी एक युवतीसँग बसेर बुधबार साँझ फेसबुक लाईभ गर्दै राजनितिक दलका नेताहरुलाई अपशब्द बोलेका थिए ।
साथै भिडियोमा खुकुरी देखाउदै चुरोट तानेको समेत देखिन्छ । लाईभमै साकारले रवि लामिछानेले संञ्चालन गर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको बिषयमा गलत टिप्पणी समेत गरेका छन् ।
घर परिवारसँग सल्लाह नगरी साकार घरबाट हिडेको भन्दै उनको मामाले प्रहरीलाई खोजतलासको लागि सहयोग मागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए | ‘हामीले मात्र उनलाई होटलबाट नियन्त्रणमा लिइ मामालाई बुझाएका हौ’ उनले भने । साकारलाई झापा निवासी मामा नेपालद्धत शिवाकोटीले प्रहरी कार्यालयबाट बुझेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=cp8y_-LiFUY&feature=youtu.be&fbclid=IwAR1oU5IHz6EZBUHuGbBfTby75LU-m4WMXoE2aNodaGTZSwmGt1uFvH4jZOQ