• काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च, झापाले माघ ७ गते बिर्तामोडमा हुने झापा स्पोर्टस् अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र ३ वटा क्लबको नाम सार्वजनिक गरिएको छ ।

    मञ्चले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ४ वटा विधामा प्रत्येकमा ३ जना र तीन वटा टीमको मनोनयन गरेको हो । वर्ष उत्कृष्ट खेलाडी पुरुषका लागि फुटबलबाट विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालबाट भूपेन्द्र निरौला मनोनित भएको मञ्चका अध्यक्ष रमेश र मदर्शी राईले  बताए ।

    त्यस्तै, वर्ष उत्कृष्ट खेलाडीको महिलातर्फ क्रिकेटबाट रुविना क्षेत्री, करातेबाट एस्तर राई र बक्सिङका सुलप मगर र युवा वर्ष खेलाडीतर्फ फुटबलका देबेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको खेलाडी मनोनयन समितिका पर्वत पोर्तेलले बताए ।

    उनका अनुसार वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कट्वाल र करातेका सीता राई मनोनयनमा परेको छन् । यस्तै, पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेका छन् । झापामा आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम पूर्वी नेपालकै पहिलो भएको आयोजकको दाबी छ ।

    स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडीसहित एउटा टीम हरेकले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने छन् । पहिलो वर्षको अवार्ड वितरणमा समन्वयको अभावले उत्तिधेरै सहयोग गर्न नपाए पनि अर्को वर्ष आयोजना गरिने स्पोर्ट्स अवार्डमा आफूले दुईवटा मोटरसाइकल प्रायोजन गर्ने एन्फा केन्द्रीय सदस्य जलकुमार गुरुङले बताए ।

    यसरी प्रत्येक विधामा मनोनयनमा परेका तीन मध्येबाट उत्कृष्ट एकलाई कार्यक्रममा अवार्ड प्रदान गरिनेछ । पिपुल्स च्वाइस अवार्ड भने दर्शकको भोटिङ्गको आधारमा उत्कृष्ट छनोट गरिने बताइएको छ । उत्कृष्टलाई नगद १५ हजार सहित अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…