काठमाडौ । चार वटा प्रदेशको नाम जनताको भावना र पहिचान बिपरित नदि खोलाहरुको नाममा राखिएकोमा किरात राई यायोक्खा चिन्तित बनेको छ ।
यायोक्खा किरात राई समुदायको साझा संस्था हो । यायोक्खाले २०६३ सालदेखि पूर्वी पहाडी जिल्लाहरु समेटेर किरात प्रदेश नाम राखिनु प्रस्तावसहित निरन्तर अभियाहहरु चलाउदै आएको छ ।
यायोक्खाको केन्द्रीय बैठक आज र भोलि (माघ ३-४) काठमाडौ स्थित केन्द्रीय कार्यालमा चलिरहेको छ ।
अध्यक्ष दिवस राईको सभापतित्वमा भइरहेको बैठकमा हालसम्म चलेको किरात प्रदेश अभियानको समीक्षाको साथै चार वटा प्रदेशको नाम खोलानालाको नामबाट राखिएकोमा बैठकमा सहभागीहरुले चिन्ता व्यक्त गरेका छन ।
यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा किरात प्रदेश अभियान उपसमितिको संयोजक तिलकप्रसाद राईले प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेशहरुको नाम शुदुरपच्चिम, कर्णाली, गण्डकी, वाग्मती राखेपछी यायोक्खालाई चुनौती थपिएको उल्लेख छ ।
प्रदेशको नाम बारे जटिलता थपिन्दै गएको कारण यायोक्खा अब नयाँ योजनाको साथ अघि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
बैठकमा उपाध्यक्षहरु जीवन हाताचो राई, ज्ञन राई, राकेश राई, टिकासरी राई, उपमहासचिव भीम राई, शुभचन्द्र राई, सचिवहरु अर्जुन जम्नेली राई, हेमन्त राई, मातृका राई, दोर्पध्वज राई, कोषाध्यक्ष देवान राईको बिभागीय प्रतिबेदन प्रस्तुत भएको महासचिव जनक राईले बताए । बैठकमा केन्द्रीय सदस्यहरुले जिल्लाको रिपोर्टिङ गरेका थिए ।
बैठकमा प्रदेशको नाम पहिचानको आधारमा राख्न सामुदायिक संस्थाहरु, राजनीति दलहरुसंग समन्वय गर्दै निर्णायक आन्दोलनमा जानुपर्ने सुझाव आइरहेका छन ।