बाहुण्डाँगी । धनगढी जुनियर जेसीज वर्ष २०२० का लागि नव निर्वाचित अध्यक्ष सुमन ढकाल, कार्यकारिणी रन्जना पन्त र ज्ञानेन्द्र भट्ट, कानुनी सल्लाहकार देव राज अवस्थी, महासचिव अबिनास गुराँगाइ, कोषाध्यक्ष अभिषेक बिष्ट, उपाध्यक्ष पुजा महतरा, निराजन राज जोशी, आकांक्षा बिष्ट, पीयूष जैनले आफ्नो कार्यभार सम्हालेका छन् ।
कार्यसमितिले तालिम संयोजक कुबेर महरा, शाखा सम्पादक पार्बती खत्री, कोष वृद्धि संयोजक प्रीयान्सा उप्रेती, वृद्धि संयोजक कृतज्ञ शाही, प्रकरण निर्देशक शौरभ बिष्ट, जन सम्पर्क अधिकारी राम कृष्ण जोशी, सांस्कृतिक संयोजक चाँदनी बिष्ट, खेलकुद संयोजक रीदम रोकाया, सह–सचिव नीतु जोशी मनोनित गरेको छ ।
आफ्नो कार्यकालमा धनगढी जुनियर जेसीजलाई नेपाल जेसीज वर्ष २०१९ कै “उत्कृष्ट जुनियर जेसीज शाखा पुरस्कार’’ दिलाउन सफल भएकोमा पदाधिकारी, सदस्यहरु, अग्रज धनगढी जेसीज एव धनगढी लेडि जेसीजका दाईदिदीहरु तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णमा निवर्तमान अध्यक्ष सन्तोष पन्तले आभार प्रकट गरे ।
सन्तोष पन्तको सभापतित्वमा सम्पन्न भएको पाँचौ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा धनगढी जेसीज वर्ष २०१९ का अध्यक्ष नरेन्द्र राज अवस्थी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथी धनगढी लेडि जेसीजका अध्यक्ष लक्ष्मी शाही चन्द, रोट्रयाक्ट डिष्ट्रिक्ट नेपाल ३२९२ का प्रतिनिधि आईटी संयोजक अनिल पाण्डे र अतिथिहरु नेक्सस एजुकेशनका प्रबन्ध निर्देशक यज्ञराज अवस्थी लगायत रहेका थिए ।स्मरण रहोस यो जुनियर जेसीज २०१९ को उत्कृष् शाखा तथा अध्यक्ष सन्तोष पन्त २०२० का लागि जुनियर जेसीजको एरिया डि संयोजक हुनुहुन्छ ।