बाहुण्डाँगी । मनोहरा जेसीजका लागि २०२० को अध्यक्षमा निशान्त गौतम निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न शाखाको चौथो शाखा अधिवेशनले गौतमलाई सर्वसम्वत अध्यक्षका निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षका शैलेन्द्र कुइकेल र अस्मिता बोहोरा, उपाध्यक्षहरुमा सागर रोक्का, विवेक थापा, प्रामिला चापागाई र अरुण श्रेष्ठ निर्वाचित भएका निर्वाचन आयुक्त संस्थापक अध्यक्ष जगतराज ढुङ्गानाले बताउनु भयो । अन्य पदाधिकारी भने पदहस्तान्तरण कार्यक्रममा गरिने उहाँले बताउनु भयो ।
शाखाकी अध्यक्ष रजनी थापाको सभापतित्व तथा मनोहरा नगरपालिका वडा नम्बर १ का कार्यबहाक अध्यक्ष बलराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको स्वागत उपाध्यक्ष अस्मिता बोहोराले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सागर रोक्काले गरेका थिए । स्मरण रहोस यो शाखा २०१९ को पहिलो महिना नै जेसीज अफ द मन्थ र वर्षको उत्कृष्ट शाखाको अवार्ड लिन सफल भएको थियो ।