• पुष्कर खड्का
    रामेछाप जिल्लामा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ।विहिबार रातीदेखीको अविरल बर्षाका कारण अत्याधिक चिसो बढेपछि रामेछाप जिल्लाको सदरमुकाम मन्थली सहित जिल्लाको विभिन्न स्थानको जनजीवन कष्टकर बनेको छ ।

    जिल्लाको उमाकुण्ड गाउँपालिकाका अन्तर्गत गुम्देल, चुचुरेको देउराली, वाम्ती, प्रितीको लाप्चाने र ठोसे त्यस्तै दोरम्वा गाउँपालिकाको शैलुङ्ग, दोरम्वा र गौश्वारा लगाएतको स्थानमा पानी संगै हिउँ पर्न थालेपछि अत्याधिक चिसो बढेर जनजीवन कष्टकर भएको छ । जिल्लाको उच्च लेकाली क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई चिसोका कारण घर वाहिर निस्कन कठिनाई भएको छ ।

    हिमपातबाट जिल्लाको उच्च क्षेत्रमा जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले बताए । बिहीबार रातिदेखि जिल्लाका सबै भूभागमा वर्षा भएको छ । दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा र गौश्वारा सहित सैलुङ क्षेत्रमा भारी हिमपात भएको दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले जानकारी दिए ।

    जिल्लाको गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र उमाकुण्ड गाउँपालिकाको प्रिती, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती, गुम्देल लगायतका क्षेत्रमा पनि हिमपात भएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जानकारी दिए ।त्यस्तै लिखु तामाकोसी गाउँपालिकाको दुरागाउ,सैपु धोबि लगायतका क्षेत्रमा पनि हिमपात भएको छ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बर्षा र हिउको कारण जिल्लाको उमाकुण्ड, गोकुलगंगा र दोरम्बा गाउँपालिकाको उच्च क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…