बाहुण्डाँगी । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उदेश्यका साथ धनगढी लेडी जेसीजले पर्यटन प्रबद्र्धन सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार धनगढीमा आयोजित एक कार्यक्रमका बिच धनगढी क्षेत्रमा भएका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न सहज होस भन्ने उदेश्यले उक्त बोर्डको स्थापना गरिएको हो । उक्त बोर्डमा यस क्षेत्रमा भएका पर्यटकीय क्षेत्रहरु पुग्ने नक्सा बनाएर राखिएको छ । यस क्षेत्रमा गंगा माता मन्दिर, बेहडा बाबा मन्दिर भादा गाउँ होमस्टे, कोइलाही ताललगायत रहेका छन् ।
शाखाकी अध्यक्ष लक्ष्मी शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लक्ष्मी चौधरीले गरेका थिए । कार्यक्रममा धनगढी लेडी जेसीजकी निवर्तमान अध्यक्ष पुनम चनौट, धनगढी जेसीजका २०२० का अध्यक्ष श्याम पाठकलगायतको सहभागिता रहेको थियो ।