• धनगढी जेसीजको ३७औं पदहस्तान्तरण र पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यक्रममा २०१९ का अध्यक्ष नरेन्द्र अवस्थि ले २०२० का नव निर्वा्चित अध्यक्ष श्याम पाठक लाई जेसीजको चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।
    कार्यक्रम मा २०२० का नव निर्वा्चित अध्यक्ष श्याम पाठक ले बिभीन्न कार्यकारी पदमा मनोनयन समेत गर्नु भएको थियो । जस अन्तर्गत कानुनी सल्लाहकार मा शुभ ठाकुर, महासचिव मा कलेन्द्र शाहि र कोषाध्यक्ष मा बिनोद थापा लाई मनोनित गरिएको थियो। यस अघि पौष ५ मा सम्पन्न निर्वाचन मा कार्यकारणी उपाध्यक्ष पदमा क्रमसस् ई. रोशन प्रसाद भट्ट र सत्य राज जोशी तथा उपाध्यक्ष पदमा क्रमशः ई. तर्क राज भट्ट, आशीष शाहा, दिप बहादुर रावत र मनिष कुँवर निर्वा्चित भएका थिए।
    धनगढी जेसीज बर्ष २०१९ का अध्यक्ष नरेन्द्र अवस्थि को सभापतित्व तथा धनगढी उपमहानगरपालिका का प्रमुख निर्प बहादुर ओड को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल जेसीज का राष्ट्रिय महासचिव टेकराज रेग्मी विशिष्ठ अतिथि यसै गरि राष्ट्रिय उपाध्यक्ष द्वय राम बहादुर बोगटी तथा गणेश साउद र कैलाली उद्योग वाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा लगायत अतिथि रहनुभएको थियो । कार्यक्रममा २०१९ का कार्यकारीणी उपाध्यक्ष कलेन्द्र शाहि ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव सत्य राज जोशी ले गर्नु भएको थियो ।

    सन २००८ मा कोहोलपुर जेसीजको संस्थापक सदस्यका रुपमा जेसीज यात्रामा जोडिनु भएका श्याम पाठक स्पष्ट बक्ता र बौद्धिक व्यक्तित्वमा परिचित हुनुहुन्छ । २०१५ बाट धनगढी जेसीजमा आबद्ध हुनु भएका पाठकले ५ वर्षमा विभिन्न पदमा रहेर आफ्नो कुशल जिम्मेवारी पुरा गर्नु भएको छ । उहाँले कोषाध्यक्ष, महासचिव र कार्यकारिणी उपाध्यक्ष पदमा रहेर आफ्नो कार्यकुशलता प्रस्तुत गरिसक्नु भएका निडर व्यक्ति हुनुहुन्छ । व्यवािसयक रुपमा अब्बल पाठक सक्षम बुक्स एण्ड स्टेरनर्श र जि एस इन्टरप्राइजेजको संचालक, टेम्पल प्रा लीको अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्छ । औपचारिक रुपमा उहाँले अंग्रेजी र समाजशास्त्रमा स्नातक गर्नु भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…