• बाहुण्डाँगी । यसै वर्ष मात्र पूर्ण स्वीकृत पाएको स्याङ्जा जिल्लाको गल्याङ जेसीजले आफ्नो स्थापना वर्षको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन शुक्रबार सम्पन्न गरेको छ । वालिङ जेसीजको मातृत्वमा २०१८ मा प्रस्तावित बनेको यो शाखा स्थापनाका लागि वालिङ जेसीजका निवर्तमान अध्यक्ष यामपसाद अधिकारी (लक्ष्मण) को भूमिका महत्वपूर्ण रहेको थियो । जनकपुर महाधिवेशनबाट प्रस्तावित भएको शाखा रत्ननगरमा आएर पूर्ण रुपमा शाखा स्वीकृत बनेको हो । साधारणसभाकै अवसरमा मातृ शाखाका पुर्व अध्यक्षहरु द्धारा सौजन्य गर्नु भएको चाँदीको चेन संस्थापक अध्यक्ष शिव प्रसाद खनालको गलामा लगाइ दिनु भएको थियो । शनिवार सम्पन्न अधिवेशनले शाखाको दोस्रो अध्यक्षका रुपमा दर्वेन्द्र देव खनाललाई सर्वसम्वत निर्वाचित गरेको छ । खनाल संस्थापक महासचिव हुनहुन्थ्यो ।

    शाखाको कार्यकारीणी उपाध्यक्षमा ऋषि वश्याल र गोपिकृष्ण रेग्मी, उपाध्यक्षहरुमा प्रकाश भुषाल, ज्ञानेन्द्र पाठक, साधना न्यौपाने र गिता भट्टराई निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष खनालले महासचिवमा खगेन्द्र भण्डारी, कानुनी सल्लाहकारमा विष्णु अधिकारी र कोषाध्यक्षमा सुनिल पाठकलाई मनोनित गर्नु भएको छ । शाखाका संस्थापक अध्यक्ष शिव प्रसाद खनालको सभापतित्व तथा युवा नेता गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि भिरकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा वालिङ जेसीजका निवर्तमान अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण), निर्वाचन आयुक्त एवम नेपाल जेसीजका पूर्व राष्टिय उपाध्यक्ष अमृत अर्याल, मातृ शाखा वालिङ जेसीजका अध्यक्ष राजु तिवारी, मातृ शाखाका पुर्व अध्यक्षहरु प्रदिप कोइराला, देव बोगटी, भिरकोट जेसीजका अध्यक्ष उमेश गुरुङ लगायतको सहभागिता रहेको थियो । साथै कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिव कृष्ण प्रसाद भट्टराई, लायन्स क्लब अफ गल्याङ सिटीका अध्यक्ष जनक कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा आस्था पाठ सदस्य प्रकाश भुसालले गर्नु भएको थियो भने शाखाको प्रतिवेदन अध्यक्ष शिव प्रसाद खनाल, महासचिवको प्रतिवेदन दर्वेन्द्र देव खनालले पेश गर्नु भएको थियो । २०१९ का कार्यकारिणी उपाध्यक्ष विष्णु अधिकारीले कार्यक्रमको स्वागत गर्नुु भएको थियो भने सञ्चालन महासचिव दर्वेन्द्र देव खनालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…