•  कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ टाइगरबस्तीका दुईजना आरक्षपीडित महिला छिमेकीको कुटपिटबाट घाइते भएका छन्।
    छिमेकी दलबहादुर शाहको कुटपिटबाट ३१ वर्षीया ईश्वरी खड्का र २४ वर्षीया गीता खड्का घाइते भएका हुन्। उनीहरूमाथि शुक्रबार कुटपिट भएको बताइएको छ। प्रहरीलाई जानकारी दिएपछि पीडक दलबहादुरलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।

    महिनावारी भएको समयमा आफ्नो घर अगाडिबाट हिँडेको भन्दै दलबहादुरकी श्रीमती निरुता शाहले देवरानी गीता खड्कालाई गाली गलौज गरेको र त्यस्तो नगर्नु भनी सम्झाउँदा दलबहादुरले आफूहरूमाथि कुटपिट गरेको पीडित ईश्वरी खड्काले बताइन्। शाह परिवारले विगत लामो समयदेखि आफूहरूलाई आवतजावत गर्न अवरोध गर्दै आएको उनीहरूको भनाइ छ।

    घाइते दुवै जनाको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि कैलालीको धनगढी रेफर गरिएको छ। उनीहरूको नोभा हस्पिटलमा उपचार भइरहेको छ। पीडक भनिएका दलबहादुर शाहले भने आफ्नो जमिनमै रहेको खेतको आलीबाट उनीहरूलाई हिँडडुल गर्न दिएको भए पनि खेतबारी नै मासिने गरी आवतजावत गर्ने गरेकोले त्यसो नगर्न भनी सम्झाउँदा यो ठाउँमा जमिन किन किनेको भनी उल्टै झगडा गर्ने गरेको आरोप लगाए।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …