• बाहुण्डाँगी । २०१९ को ४६ औँ राष्ट्रिय महाधिवेशन गरेको रत्ननगर जेसीजको २०२० का लागि अध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् ।
    आइतवार सम्पन्न शाखाको २२ औँ साधारणसभा तथा २१ औँ अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
    अधिकारी २०१९ को महासचिव हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा हेमराज आचार्य र बाबु परियार, उपाध्यक्षमा किरण लामिछाने, सुमन पौडेल, सुमन सुवेदी, र विपिन्द्र घिमिरे निर्वाचित भएका छन् । यसैगरी महासचिवमा अमित गुप्ता,कोषाध्यक्षमा सविन मानन्धर, निर्देशकमा वैभव लामिछाने, अमिस गिरी, सुरेशजंग पाण्डे, सहसचिव हरिकुमार श्रेष्ठ, सहसचिव ज्योति भट्ट, सहकोषाध्यक्ष अजय गुप्ता, तालिम निर्देशक सन्तोष दुवाडी, प्रकरण निर्देशक राजेन्द्र धमला, शाखा सम्पादक उपेन्द्र आचार्य र जनसम्पर्क अधिकारीमा रामप्रसाद पाण्डे चयन भएका छन् ।
    कार्यक्रम शाखाका अध्यक्ष सुभाष पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…