बाहुण्डाँगी । रामग्राम लेडी जेसी जेसीजको २०२० का लागि अध्यक्षमा रजनी ढकाल निर्वाचित हुनु भएको छ ।
शाखाको ८ औँ शाखा अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो शाखाको कार्यकारीणी उपाध्यक्षमा संगिता कुँवर, समित्रा चौधरी, उपाध्यक्षहरुमा ममता जयप्रकाश सिंह, सुनिता बस्याल, सुनैना रञ्जितकार, रमा आले, सहसचिवमा सरिता कुर्मी र सहकोषाध्यक्षमा ज्ञानुमाया थनेत चयन भएका शाखाकी २०१९ की अध्यक्ष विमला सिंहले बताउनु भयो ।