• बाहुण्डाँगी । केपी ओली नेतृत्वको वर्तमान सरकारले बिधिको शासन भुल्दै गएको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले बताएका छन् । गीतानगर जेसिजको पद हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै महतले देशमा भष्ट्रचारले सिमा नाघेको, अपराध बढेको र सामाजिक न्यायका सन्दर्भमा सरकार असफल हुदै गएकाले आफ्नो मर्म र बिधिको शासन बिर्सिदै गएको आरोप लगाए । उनका अनुसार जेसिजले अव विधिको शासनको मुल्यांकन गरि सरकारलाई खवरदारी गर्न आवस्यक रहेको छ । “कम्युनिष्टहरुले चुनाव अघि राष्ट्रियताको धेरै नारा लगाए, कम्युनिष्टको राष्ट्र भक्ति र देश प्रेम लिपूलेक, लिम्पियाधुरा र कालापानी लगाएतको सवालमा कमजोर बन्यो ।” नेता महतले भने, “प्रमले आफ्ना समकक्षी संग प्रष्ट यस बिषयमा धारणा राख्न सक्नु पर्थ्यो, तर सरकार डरायो ।”

    देश सानो ठुलो भए पनि राष्ट्रियता सबैको बरावर हुने उनको भनाइ छ । नेपाल जेसिजले युवा उधमसिलतालाई समेत आत्मसाथ गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न उनको आग्रह छ ।

    कार्यक्रममा जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष दिनेश कोइरालाले सक्षम युवा उत्पादनमा जेसिजको भूमिका महत्वपुर्ण हुने बताए । उनले जेसिज आस्था र मान्यतालाई आत्मसाथ गरेमा सफल नेतृत्व विकास गर्न सकिने जनाए । जेसिजले समाजमा हुने गरेका हरेक पक्षलाइ आत्मसाथ गर्दै समाजका विद्यमान समस्यालाई निराकरण गर्नुपर्ने उनको भनाइ छ । व्यक्तिगत, सामाजिक, व्यवसायिक रुपमा सफल बन्न जेसिजले मद्दत गर्ने कोइरालाको तर्क छ ।

    त्यस्तै, नेपाली कांग्रेस चितवन जिल्ला सचिव उत्तम जोशीले रास्ट्रीय बहसका सवालमा जेसिजको दरिलो उपस्थिती हुनुपर्ने बताए । सिमा विवादका घटना, निर्मला पन्त जस्तै घटना र अन्य सामाजिक अपराधका सन्दर्भमा जेसीहरुले आवाज उठाउन पर्ने बेला आएको उनको भनाइ छ ।

    कार्यक्रममा गीतानगर जेसिजका बर्ष २०१९ का अध्यक्ष कृष्ण सापकोटाले २०२० का अध्यक्ष युवराज अधिकारिलाइ पद हस्तान्तरण गरे । पद हस्तान्तरण पछि अध्यक्ष अधिकारिले आफ्नो कार्यकालमा जेसिजलाई समुदाय संग जोड्दै सामाजिक बिकृति बिरुद्द सशक्त रुपमा प्रस्तुत हुने प्रतिवद्दता जनाए ।

    १९ औ बार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्बिरोध निर्वा्िचत भएका अधिकारी सहित कार्यकारी उपाध्यक्ष अरुण वन्त, अनिस दाहाल, उपाध्यक्ष शर्मिला अधिकारी, प्रनिशा गुरुङ, सुजन दाहाल र विकास सापकोटा मनोनित महासचिव सन्तोष लामिछाने, कोषाध्यक्ष अर्जुन पौडेल, कानुनि सल्लाहकार अनुप कोइराला, भिजिट नेपाल २०२० संयोजक प्रकाश ढुंगाना सहितलाइ पद हस्तान्तरण गरिएको थियो । साभार : संकल्प पोष्ट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…