बाहुण्डाँगी । नेपालकै पुरानो महिला शाखा पाटन लेडी जेसीजको ४१ औँ पदहस्तान्तरण सम्पन्न भएको छ ।
शाखाकी २०१९ की अध्यक्ष भावना शाही विष्टले २०२० की अध्यक्ष अध्यक्षमा शुष्मा श्रेष्ठलाई पद हस्तान्तरणसहित सपथ ग्रहण गराउनु भएको छ ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा सुरक्षा शाही र सामना ढकाल, उपाध्यक्षहरुमा ओसिन ओली, सिमरन ओली, श्रृष्टि महर्जन, संगिता महर्जन निर्वाचित भएका छन् ।
यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा रिना शर्मा, कानुनी सल्लाहकारमा सुर्मिता शर्मा र कोषाध्यक्षमा यामुना श्रेष्ठलाई मनोनित गरेकी छिन् ।
शाखाकी अध्यक्ष भावना शाही विष्टको सभापतित्व तथा ललितपुर महानगरपालिककी उपमेयर गीता सत्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।