हुण्डाँगी । रामग्राम जेसीजको अध्यक्षमा सन्दिप अग्रहरी निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको २० अधिवेशन तथा १९ औँ वार्षिक साधारणसभाले अग्रहरीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा पुष्पमा खनाल र सदन पौडेल, उपाध्यक्षहरुमा जीवनकला गौतम, सुनिता अग्रहरी, प्रवेश न्यौपाने, सविन पाण्डे, सहसचिवमा नन्दुप्रसाद यादव, सहकोषाध्यक्षमा जितेन्द्र गुप्तातेली, र नारायण सुवेदी निर्वाचित भएका शाखाका निवर्तमान अध्यक्ष मुक्ति पौडेलले बताउनु भयो । अध्यक्ष बाहेक अन्य सबै पदहरुम भने सर्वसम्वत भएको थियो ।
कार्यक्रम शाखाका अध्यक्ष नारायण सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।