बाहुण्डाँगी । काभ्रे जेसीजको अध्यक्षमा रिकेश श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
शाखाको ४३ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा सञ्जिप मानन्धर र सुमित मानन्धर, उपाध्यक्षमा राजन मानन्धर, रिकेश सैंजु, कृष्णकुमार श्रेष्ठ र पुरन मानन्धर निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा २०१९ का निवर्तमान अध्यक्ष उमेश मानन्धर, महासचिवमा सुभाष बैद्य, कोषाध्यक्षमा सुरेन्द्र सुद्धकार, तालिम संयोजकमा राजेश रञ्जित, शाखा सम्पादकमा शिवराम घिमिरे, प्रकरण निर्देशकमा दिपेन्द्र श्रेष्ठ, अन्तराष्ट्रिय संयोजकमा स्वरुप शाक्य, एनजिओ, आइएनजिओ संयोजकमा विजयाम बञ्जरा, मिडिया संयोजक रकेश राजभण्डारी, कोष बृद्धि संयोजकमा उत्तम श्रेष्ठ र सदस्यता बृद्धि संयोजकमा अशोक श्रेष्ठलाई मनोनित गरिएको छ ।
शाखाका अध्यक्ष विजेश मुल्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।
                                