• प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराउनुभएको हो ।

    उहाँले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजिनामा पढेर बैठकलाई जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ः०० बजे बस्नेछ ।

    मङ्गलबार उम्मेदवारी दर्ता

    सङ्घीय संसद् सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ । संसद् भवनमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मङ्गलबार अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…