काठमाण्डाै – पश्चिमी वायु सक्रिय हुँदा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।
देशका अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरैजसो ठाउँको मौसम नखुल्ने र मध्य पश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
पश्चिमी वायुको प्रभाव देशभरि नै परे पनि पश्चिमबाहेकका ठाउँमा पानी नपर्ने उहाँको भनाइ छ । तर मौसम बदली भने हुनेछ । बुधबारदेखि भने मध्यपश्चिम र सुदूरपश्चिमको मौसम पनि खुल्ने सम्भावना रहेको उहाँले बताउनु भयाे ।