पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुमको स्थानीय सभा बैठक सोमबार माकादुमममा सम्पन्न भएको छ ।
जेष्ठ वडा सदस्य विएसी लामाको अध्यक्षतामा भएको सभमा, निर्वा्चित जनप्रतिनिधिहरु, वस्ति सुधार समितिका संयोजकहरु, विद्यालय प्रधानाध्यापक, स्वास्थ्यकर्मी, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो । हुराडेक नेपाल दोलखाद्वारा सञ्चालित नागरिक समाजःपारस्पारिक जवाफदेहीता परियोजनाको अयोजना तथा वडा कार्यालयसँगको समन्वयमा भएको सो कार्यक्रममा वडासदस्य विन्द्रकुमार लामाले वडामा सञ्चालन भएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए । उनले वडामा सञ्चालित विकासका कार्यक्रमहरु चैत मसान्तसम्म सक्ने गरि काम गर्न वस्ति सुधार समितिहरुलाई आग्रह गरे ।
स्थानीयले वडामा अस्पताल स्थापना भए पनि डाक्टर नहुँदा सेवा सञ्चालन हुन नसकेको, प्रशुती सेवा केन्द्र स्थापना भए पनि सञ्चालनमा नआएको , केही योजनाहरुमा विवाद भएको कारण काम अघि नबढेको, शिक्षाको गुणस्तर सुधारमा अझै पनि केही शिक्षकहरुको ध्यान नगएको, सिँचाई पोखरी निर्माण भए पनि किसानहरुलाई सिँचाइको लागि पाइप उपलब्ध हुन नसकेको, केही खानेपानीका योजनाहरु डोजर लगाएर बाटो खन्दा बिग्रिएका, कतिपय सडकहरु अझै मर्मत हुन नसकेका लगायतका गुनासो गरेका थिए । यस विषयमा वडाको बैठकमा छलफल गरि अगाडी बढ्ेन वडा सदस्यहरुले प्रतिवद्धता व्यक्त गरे । सो वडाका वडाअध्यक्ष पुष्कर कार्कीकी आमा दीलमायाँ कार्कीका गत माघ २ गते निधन भएकोमा स्थानीय सभाले उहाँको स्मरणमा सोक प्रस्ताव पारित गर्दै वडाअध्यक्ष कार्की लगायत परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।