पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले आगोलागी पिडित परिवारलाई नगद सहयोग गरेको छ ।
गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालु (ओख्रे) का पूर्ण बहादुर सुनुवारको कुखुरा फर्ममा गत आईतबार विद्युत लाइन सर्ट भई आगलागी हुँदा ग्याँस , भाडाँकुँडा ,अन्नपात लगायतका समान जलेर नष्ट भएको थियो । गाउँपालिका अध्यक्ष खड्ग सुनुवार ,उपाअध्यक्ष राधिका श्रेष्ठ र वडा नम्बर ३ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधि आगोलागी पिडित सुनुवारको घरमा पुगेर आवश्यक राहत सामग्रीको साथमा नगद पन्ध्र हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।