नेपाली कांग्रेसले पहिला चर्चा आएकी पुष्पा भुसाललाई सभामुखमा नउठाई अग्निी सापकोटलाई निर्विरोध सभामुख दिने र उप सभामुखमा नेका लाई सहयोग होस भन्ने चाहाना राखेको छ । यसैका नेपालीकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवासमा छलपल गर्न गएका छन् । तर के नेकपाले देला त कांग्रेसलाई उप सभामुख ।
सामान्य रुपमा हेर्दा पक्कै नेकपाले कांग्रेसलाई भन्दा कमजोर प्रतिपक्षी राजपालाई दिने संकेत गरेको बुझिएको छ ।
नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको छ । राष्ट्रिय जनमोर्चाले उपसभामुख नलिने भएपछि राजपाको सम्भावना बढेको हो । तर, राजपालाई उपसभामुख दिने कि नदिने भन्नेबारे नेकपाभित्र एक मत भइसकेको छैन ।
नेकपा भित्र प्रधामन्त्रीले राजपालई उप सभामुख दिन चाहेको बताइन्छ । तर अरु केही नेता राजपाको पक्षमा छैनन् । हुनतः राजपा संगको हिमचिम नै प्रधानमन्त्रीको कारणले अगाडी बढेर समाजवादीलाई सरकारबाट हटाइएको हो । पर्यवेक्षकका कुरा मान्ने हो भने प्रचण्डले तत्काल समाजवादी लाई अलग नगर्ने पक्षमा थिए । तर प्रधानमन्त्रीको बलमा साजवादीको विदाई र राजपाको स्वागत भएको हो । यसै पृष्ठ भूमीमा उप सभामुख राजपाले पाउने अवस्था अलि टड्कारो देख्रिन्छ ।
यसका लागि राजपा भित्र २ जना महिला उम्मेद्वारमा चर्चा पनि शुरु भै सकेको छ । राजपाबाट उपसभामुखमा चन्दा चौधरी र अमृता अग्रहरी प्रमुख दाबेदार हुन् । चन्दा महन्थ ठाकुर निकट हुन् भने अग्रहरी राजेन्द्र महतो निकट मानिन्छन् । सभामुख पुरुष भएपछि उपसभामुख महिला हुनैपर्ने भएकाले राजपाका ५ जना महिला सांसदमध्ये एक हुने सो पार्टीका नेताले बताए ।
राजपाबाट चन्दा चौधरी, अमृता अग्रहरी, रानी मण्डल, रेणु शर्मा र दुलारी देवी प्रतिनिधिसभामा समानुपातिक सांसद छन् । प्रत्यक्षतर्फ राजपाका महिला सांसद छैनन् । उपसभामुखमा चन्दा चौधरीको सम्भावना रहेको एक नेताले बताए ।
यसैबीच समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेका दुई मन्त्रालय राजपालाई दिने तयारी भइरहेको स्रोतले जनाएको छ । तर, राष्ट्रियसभा चुनावअघि यसबारेमा छलफल नहुने नेताहरुले बताए । संघीय सरकारमा राजपा सहभागी भएपछि प्रदेश सरकार पनि राजपा र नेकपाको हुनुपर्ने नेकपाको शर्त छ ।
प्रदेश २ मा नेकपा ३२ सिटसहित सबैभन्दा ठूलो दल हो । नेकपा र राजपा मिलेपछि बहुमत पुग्छ । त्यसैले प्रदेश २ लाई बलियो बनाउन पनि नेकपाले राजपालाई खुशि पार्नु उसको राजनैतिक रणनीति हो ।
कांग्रेसले सभामुखमा उम्मेदवारी नदिनुमा अँगुर अमिलो छ , काराण पनि । त्यो सरकारलाई कुनै ठाउँमा अफ्ठ्यारो पार्न नसक्ने प्रतिपक्षलाई नेकपाले उप सभामुख नदिनु नाजायज नहाेला ।