• बेलबारी । प्रदेश नम्बर १ का कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेश प्रहरीको गठन गर्ने बताएका छन् ।

    प्रदेश १ सरकारले छुट्टै प्रहरीको ब्यबस्था गर्न लागेको समेत उनले जानकारी दिए । मोरङको बेलबारी १ मा निर्माण भएको ट्राफिक प्रहरी भवनको बुधबार उदघाटन गर्दै उनले सडक सुरक्षामा प्रदेश एक सरकार अन्य प्रदेश भन्दा अब्बल भएको समेत दाबी गरेका छन । मन्त्री कार्कीले मोरङका दुई इलाका हरुको स्तर बृद्धि गर्ने समेत उद्घोष गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी तथा इलाका प्रहरी कार्यालय रंगेलीको स्तर बृद्धि गर्ने तयारी भएको समेत उनले बताए ।

    दिनरात नभनी २४ घन्टा नै तिनै तहका सरकारको प्रतिनिधिका रुपमा प्रहरी सक्रिय भएपनि उनीहरुको तलब भक्ता भने कम भएको उनले बताए । मन्त्री कार्की र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन । बेलबारी नगरपालिकाको १७ लाख ७० हजार ९ सय ४६ आन्तरिक मामिला मन्त्रालयको १३ लाख ९९ हजार तथा अन्य विभिन्न संघ संस्थाको २६ लाख ४१ हजार ७ सय ८२ रुपैया लागतमा उक्त भवनको निर्माण गरिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रतापकुमार थापाले बताए ।

    नयाँ भवन नहुँदा भाडाको घरमा बेलबारी ट्राफिकको कार्यलय संचालन हुदै आएको थियो । नयाँ भवन निर्माण भएपछि ट्राफिक प्रहरीलाई सहज भएको ट्राफिक प्रहरी बेलबारीका प्रमुख लिला श्रेष्ठले बताए । बेलबारी १ मा निर्माण भएको भवन निर्माणका लागी सहयोग गर्ने सहयोगदाताहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …