•  

    पुष्कर खड्का
    रामेछाप -रामेछाप जिल्लामा संचालन हुने सार्वजनिक सवारी साधनहरुले अब आरक्षणलाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने भएको छ ।

    नेपालको कानुनले सार्वजनिक सवारी साधनमा वृद्धवृद्धा, महिला, अपांग लगायतलाई आरक्षणको व्यवस्था गरे पनि रामेछापमा त्यो कार्यान्वयन नभएको गुनासो आउँने गरेको थियो । यसैलाई मध्यनजर गरी सदरमुकाम लगाएत जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा आरक्षण सिट लागू गर्न गराउन आफूहरू लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले बताए । उनले यसका लागि सरोकारवाला निकायसंग छलफल र समन्वय गर्ने बताए । सार्वजनिक सवारीमा आरक्षण सिट संगै बसभित्र हुने फोरोर व्यवस्थापनका लागि डस्वीन पनि अनिवार्य गरिएको उनको भनाई छ ।

    नेपालको कानुनले सार्वजनिक बसमा ज्येष्ठ नागरिकको लागी २, अपाङ्गका लागि २ र महिलाका लागि २ वटा आरक्षण सिटको व्यवस्था गरेको छ । त्यस्तै म्याजिकमा ज्येष्ठ नागरिक १, अपाङ्ग १ र महिला १ जनाका लागि आरक्षण सिटको व्यवस्था गरेको छ । सिटीराइट बसमा ज्येष्ठ नागरिक, अपाङ्ग र महिलाका लागि एक एक वटा आरक्षण सिटको व्यवस्था गरेको छ ।

    केहि दिन जिल्लामा संचालन हुने सार्वजनिक सवारीलाई यसको कार्यान्वयन गर्न अनुरोध गर्ने र त्यसलाई नमाने आवश्यक कारवाही गरी कार्यान्वयनमा ल्याउँने जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख पाण्डेले बताए । रामेछापमा साना तथा ठुला सवारी साधन र ढुवानीका साधन गरी दैनिक ६ सय बढि आवत जावत गर्ने गरेका छन् । तर सार्वजनिक सवारी साधनले राज्यले व्यवस्था गरेको आरक्षण र विद्यार्थी सहुलियत दिने गरेको छैन । जिल्लामा हुने विभिन्न सार्वजनिक कार्याक्रममा ज्येष्ठ नागरिक ,अपाङ्ग , महिला र विद्यार्थीहरुले राज्यले प्रदान गरेको सार्वजनिक सवारीमा आरक्षणको व्यवस्था कार्यान्वयनमा नभएको गुनासो गर्ने गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…