•  

    मोरङ ८ माघ । नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बेलबारी नगरपालिका–९ स्थित नलबारीमा सञ्चालित शिविरबाट ५ सय ६३ बिरामी लाभान्वित भएको नोबेल अस्पतालले जनाएको छ ।

    शिविरमा १ सय ३३ जनाको ल्याव टेष्ट, १ सय ४ जनाको भिडियो एक्सरे र ८३ जनाको ईसीजी गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । नोबेलका बिशेषज्ञ डाक्टरहरुले शिविरमा बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

    यता, नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गरेको ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान अन्र्तगत पनि हरेक दिन नोबेलका डाक्टर र नर्सको टोली एम्बुलेन्ससहित घर–घरमा पुगेर बिरामीको निःशुल्क उपचार गर्दै आएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…