• दमक,१ माघ / माघे सक्रान्तिका दिन लाग्दै आएको माइधारको मेलामा सवारी पार्किङमा मनपरी शुल्क उठाउने गरेको पाईएको छ ।

    पार्किङको नाममा ठेकेदारहरुले सवारी साधन हेरेर १५० देखि ५०० सम्म चर्की शुल्क लिदै आएको पाईएको हो । अघिल्ला बर्षमा बढीमा १०० सम्म लिदै आएको पार्किङ शुल्क यसवर्ष भने दोव्वर,तेव्वरनै असुली गरिआएका छन् । तर पार्किङ असुली गदैं आएकाहरुले भने मेलाको ठेक्का रकम बढेपछि पार्किङ शुल्क बढाएको दावी गरिआएका छन् ।

    मेला भर्न आउनेहरुलाई पार्किङ उपलब्ध गराएवापत स्थानीय प्रशासनको अनुमतीमा मेला ठेकेदारहरुले त्यसरी ढाँडनै सेक्ने गरि रकम असुली गरेको एक अवलोकनकर्ताले गुनासो गरे । कमल गाँउपालिका– ७ का सामाजिक अगुवा भिमराज लिम्बुले आफूले दुई पाङग्रे सवारी पार्किङ गरेवापत १५० रुपैया तिर्नुपरेको बताए । एउटा इस्कुटरको पार्किङ शुल्क यतिका मूल्य उठाउनु जायज नभएको उनको गुनासो थियो । मेला भर्न ईस्कुटीमा आएका लिम्बुले यतिका रकम अन्यत्र कतैपनि नबुझाएको बताए । उनले भने,–‘ मेलामा यो ठाडैं उपभोक्ता मारा काम भएको छ, तर प्रशासन भने बेखबर छ ।’ उनले पार्किङ शुल्क दिए पनि रसिद काट्नेले आफूलाई विल भने नदिएको बताए ।

    माईमेलामा बर्सेनी ठुलो संख्यामा स्वदेशबाहेक छिमेकी भारतका विभिन्न क्षेत्रबाट मेला भर्न सर्वसाधारणहरु आउने गर्छन् । मेला भर्न सवारीको दिनभरि चाप हुने गरेको छ ।

    पूर्वपश्चिम राजमार्गको माईधारदेखि पूर्वको कोटीहोम क्षेत्रमा लाग्ने पूर्वकै प्रसिद्ध उक्त मेलामा सवारीबाट मात्र लाखौं रकम उठाउने गर्छन् ।
    यसैवीच , माईधार अवस्थित दोमुखा प्रवेशद्धारमा पार्किङ शुल्क लिदै आएका एक प्रतिनिधिले मोटरसाईकललाई १५० र अन्य सवारीको ५०० र १००० सम्म लाग्ने बताए । नाम उल्लेख नगर्ने ती प्रतिनिधिले आफूहरुलाई विल अनुसार रकम लिन ठेकेदारले अहएको बताए । ‘ हामी केहि जान्दैनौ, जे छ विलको रकम त्यही लिई छाड्छौ’

    यसैगरि माइधार पूर्वको कोटीहोम क्षेत्रमा समेत पार्किङ शुल्क जथाभावी उठाउदै आएको अवलोकनकर्ताहरुले जनाएका छन् । कतिपयले सामाजिक सञ्जालमानै पोष्ट गरेर पार्किङ शुल्कको विल राखेर नै त्यसको विरोध जनाएका छन् । त्यहाँ ठेकेदारहरुले मोटरसाईकललाई १०० देखि अन्य सवारी साधानहरुको ५०० सम्म असुली गरिआएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…