• इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले र टोट्टनहामले जित्दा म्यानचेस्टर युनाइटेडलाई बर्नलीको नमिठो धक्का लागेको छ । बुधबार राति भएको खेलमा लेस्टर सिटीले वेस्टहाम युनाइटेडलाई ४–१ गोलले हरायो । टोट्टनहामले नर्विच सिटीमाथि २–१ गोलको कठिन जित निकाल्यो । म्यानचेस्टर युनाइटेड घरमै बर्नलीसँग २–० गोलले पराजित भयो ।

    घरेलु मैदानमा लेस्टरलाई जिताउन एवेज पेरेजले दुई तथा हार्वे बर्नेस र रिकार्डो पेरइराले एक एक गोल गरे । वेस्टहामका मार्क नोबलले एक गोल फर्काए । बर्नेसले २४औँ मिनेटमा खाता खोले । रिकार्डोले ४५औँ मिनेटमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । पेरेजले ८१औँ र ८८औँ मिनेटमा दुई गोल गरेका थिए । वेस्टहामका लागि मार्कले ५०औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै २४ खेलबाट ४८ अंक बनाएको लेस्टर तेस्रो स्थानमा छ । २३ अंक बनाएको वेस्टहाम १७ औँ स्थानमा छ । वेस्हहामले रेलिगेसन मात्र छलेको छ ।

    अर्को खेलमा टोट्टनहामलाई जिताउन डेल अलीले ३८औँ र सन ह्युङ मिनले ७९औँ मिनेटमा गोल गरे । यसअघि नर्विचका टिमु पुक्कीले ७०औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । जितसँगै ३४ अंक बनाएको टोट्टनहाम छैटौँ स्थानमा छ । १७ अंक बनाएको नर्विच तालिकाको अन्तिममा छ ।

    अर्को खेलमा युनाइटेडलाई घरमै हार चखाउन बर्नलीका क्रिस उडले ३९औँ र जय रोड्रिग्वीजले ५६औँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा बर्नलीको दवाव झेलेको युनाइटेडले एक गोलपनि फर्काउन सकेन । लगातार हारले युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरमाथि दबाब बढेको छ । हारसँगै २४ खेलबाट ३४ अंक बनाएको युनाइटेड पाँचौ स्थानमा छ । ३० अंक बनाएको बर्नली १३औँ स्थानमा छ ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…