• मी सबैको चाहना सफल बन्ने, धनी बन्ने र खुशी हुने नै हुन्छ । हामीले गर्ने हरेक क्रियाकलापहरू यसैको प्रतिस्वरूप हुन् ।

    सफल, धनी तथ खुशी हुनका लागि हामीले हाम्रो दैनिकिमा निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यहाँ हामीले सफलताका साथसाथै धनी तथा खुशी बन्ने केही उपायहरूबारे चर्चा गरेका छौं :

     

    पैसा कमाउनमात्रै केन्द्रित नहुनुहोस्

    कुनै पनि काममा सफलता पाउनका लागि लगाव जरुरी हुन्छ । तपाईंको सफलतामा तपाईंले त्यो काम गर्दा दिने समय, मेहनतआदी निर्भर हुन्छन् । तपाईंले धनी बन्ने सपना देख्दै गर्दा केवल पैसाको पछि मात्रै दगुर्नुभयो भने तपाईंलाई ठेस लाग्न सक्छ । त्यसकारण पहिला आफ्नो दृष्टिकोण बदल्नुहोस् । पैसालाई प्राथमिक लक्ष्यका रूपमा कहिल्यै नलिनुहोस् । पैसा भनेको त काम गरेपछि प्राप्त हुने एक वस्तुमात्रै हो ।

     

    सहयोगी बन्नुहोस्
    सफल हुने विभिन्न सुत्रहरूमध्ये सहयोग पनि एक सुत्र हो, जसले तपाईंलाई खुशी दिलाउँछ । आर्थिक तथा अन्य तरिकाले अरूलाई सहयोग गर्न सकिन्छ । तपाईंले सहयोग गरेको व्यक्तिले नै तपाईंलाई लक्ष्य प्राप्तिका लागि सहयोग गर्न सक्छन् । विश्वास गर्नुहोस्, तपाईंको सफलता नजिकको मानिसको सफलतामा आधारित हुन्छ ।

    पैसा बारे सोच्न बन्द गर्नुस्, सेवा बारे सोच्नुस्
    तपाईंको नजिक केही ग्राहक छन् भने तपाईं पैसा कमाउनमा बढी जोड दिन थाल्नुहुन्छ । तपाईंको बानी नै हर काममा पैसाको हिसाब गर्ने हुन जान्छ । तर तपाईंले एक हजार मानिसलाई मात्रै पनि सहयोग गर्नुभयो भने तपाईंलाई अन्य लाभ पनि प्राप्त हुन्छ ।

    समय तालिका अनुसार चल्नुहोस्
    आफ्नो काममा केन्द्रित हुनका लागि तपाईंलाई समयको आवश्यकता हुन्छ । त्यसकारण तपाईंले समयतालिका बनाउनुहोस् र सोही अनुसार चल्ने बानी बसाल्नुहोस् । यसले तपाईंलाई लक्ष्य प्राप्तिका लागि थप सहज बनाउँछ ।

    कामको आफैं मूल्यांकन गर्नुहोस्

    आफूले गरिरहेका कामले सफलता दिलाउँछ ? यसबारे तपाईंले आत्मसमीक्षा गर्नु अत्यन्तै आवश्यक हुन्छ । हरेक दिनको कामको समीक्षा तपाईं रातमागर्न सक्नुहुन्छ । यस्तै हरेक हप्ता समीक्षा गर्नुहुन्छ । यस्तो बानीले तपाईंलाई सफल बनाउन उत्प्रेरित गराउँछ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…