• काठमाडौं, ९ माघ । भारतमा सर्वाधिक खोजी सुचिमा रहेका ‘अन्डरवर्ल्ड डन’ दाऊद इब्राहिमले काठमाडौंलाई ठेगाना बनाएर भारतमा नक्कली नोट पठाउने गरेको खुलासा भएको छ ।

    दाऊदले काठमाडौंबाट भारतमा नक्कली नोट पठाउने गरेको उनकै समूहका एजाज लकडावालाले मुम्बई प्रहरीसँगको बयानका क्रममा खुलासा गरेका हुन् ।

    काठमाडौंस्थित पाकिस्तानी दूतावासका अधिकारीहरूका माध्यमबाट दाऊदले आफ्नो धन्दा चलाउने गरेको भारतीय अखबार दैनिक जागरणले दाबी गरेको छ ।

    दाऊदको समूहका सदस्य लकडावालालाई जनवरी ८ मा बिहारको राजधानी पटनाबाट गिरफ्तार गरिएको थियो । उनले मोस्ट वान्टेड दाऊदका पाकिस्तानको कराचीमा रहेका दुई घरको ठेगाना पनि भारतीय प्रहरीलाई दिएका छन् ।

    भारतीय सुरक्षा अधिकारीहरूले लकडावालाको गिरफ्तारीलाई अत्यन्तै ठूलो उपलब्धि भनेका छन् । लकडावालाले प्रहरीसमक्ष दाऊदको थाइल्यान्ड र बंगलादेशमा पनि राम्रो पकड रहेको र ती दुई देशबाट भारत, युरोप र अन्य मुलुकमा लागुपदार्थ पठाउने गरेको बयान दिएका छन् । युवा हुङ्कारका साथमा

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…