• विराटनगर । विराटनगरको एक धार्मिक विद्यालयका प्रध्यानाध्यापक (मौलवी)लाई दुई छात्रामाथि यौन दुब्र्यवहार गरेको आरोप लागेको छ ।

    विराटनगर–८ अशोक चोकमा रहेको ‘मदर्सा रजाए मुस्तफा आधारभूत विद्यालयका’ मौलवी करिब ४० वर्षीय अमरुद्धिन मियालाई यौन दुब्र्ययवहारको आरोप लागेको हो । मंगलबार र बुधबार १३ र १४ वर्षका दुई बालिकाले यौन दुब्र्यवहार गरेको किटानी जाहेरी दिएपछि मिया भने फरार छन् । अभिभावकको सहयोगमा दुई बालिकाले बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् ।

    जाहेरीपछि मियाँलाई खोज्न प्रहरी पुगेको थियो । तर मियाँ भने घर छाडेर भागेका हुन् । बालिकाको उजुरी परेपछि मौलवीको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

    मुस्लिम धर्मग्रन्थ पढाइ हुने सो मदर्सामा बिहान मात्र कक्षा सञ्चालन हुन्छ । मंगलबार मौलवीले दिएको होमवर्क देखाउन बुधबार बिहान अफिस गएकी बालिकालाई मियाले जवरजस्ती करणीको प्रयास गरेका थिए ।

    कार्यकक्षमा एक्लै बनाए मौलवीले संवेदनशील अंगमा छोएर कपडा खोल्न खोजेपछि बालिकाले प्रतीकार गरेकी थिइन् । घटना घरमा सुनाए बुबा–आमाको बद्नाम गर्ने डर देखाएपछि बालिकाले घटना सुनाएकी थिइनन् । तर बिहीबार बिहान मदर्सा नगएपछि सोधीखोजी गर्दा उनले परिवारमा घटना सुनाएकी हुन् । छोरीमाथिको दुब्र्यवहार भएपछि परिवारले स्थानीयको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

    १३ वर्षीया बालिकाले जाहेरी दिएपछि १४ वर्षीया बालिकाले पनि मंगलबार आफूलाई यौन दुब्र्यवहार गरेको भन्दै जाहेरी दिएकी छन् । एक व्यक्तिविरुद्ध २ जनाको जाहेरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै बालिका कक्षा पाँचमा पढ्छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…