•  

    काठमाडौं– स्वर्गीय राजा वीरेन्द्र शाहलगायत राजपरिवारको नाममा रहेको अर्बौंको सम्पत्ति ‘नेपाल ट्रष्ट’को गैरजिम्मेवारीपनाका कारण सदुपयोग हुन सकेको छैन ।राजधानीका मुख्य क्षेत्रमा रहेका केही सम्पत्तिबाट कौडीको भाउमा भाडा उठेपनि अधिकांश सम्पत्ति लथालिंग छ ।

    अर्को विडम्बना के छ भने नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ मा ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्र हितमा प्रयोग गरी शैक्षिक, प्राज्ञिक र स्वास्थ्यसम्बन्धी कार्यमा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर भएको सम्पत्ति पनि कानून बमोजिम हुनु पर्ने राष्ट्रहितमा प्रयोग हुन समेत सकिरहेको छैन ।

    यतिसम्म की राजपरिवाको नाममा रहेको अर्बौंका चल–अचल सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे ट्रष्टसँग कुनै भरपर्दो योजना नै छैन ।६ मंसिर २०६४ मा गठन भई नेपाल ट्रष्टको कार्यालयले काम सुरु गरेको १२ वर्ष वितिसकेको छ ।

    योबीचमा प्राप्त सम्पत्तिबाट आर्जन भएको करिब ७५ करोड रुपैयाँ ट्रष्टको नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र सम्पत्तिको भाडाबापत वार्षिक करिब नौ करोड रुपैयाँ आम्दानी भइरको छ । तर, कानून अनुसार, नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्नुपर्ने भएपनि त्यसो हुन सकेको छैन । यो कुरा नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुर पनि स्वीकार्छन् । उनी भन्छन् – ‘पहिले सञ्चालक समिति ठूलो भएर काम गर्न कठिन थियो तर अहिले सञ्चालक समिति छरितो बनेको छ अब काम व्यवस्थित हुन्छ ।’

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …