पुष्कर खड्का
रामेछाप – रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका धोबिबजार N.S ग्रुप द्वारा संचालित नवसन्देश बोर्डिङ स्कुलको आयोजनामा पाँचौ नवशन्देश पालिकास्तरिय अन्तरबिध्यालय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ।
शुक्रबार लिखु तामाकोसी गाउँपालिका धोबि बजारमा नव शन्देश बोडिङ स्कुलको अायोजनामा लिखु गाउँपालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता तथा हस्ताकला, चित्रकलाको कार्यक्रमको तयारी पूरा भएको हो ।देश र जन्ताको लागि अाहुति दिने र शहिदहरुको शम्झना र सम्मान गर्दै माघ १६ गते सो कार्यक्रम गर्ने गरेको N.S ग्रुपका संयोजक प्रल्हाद श्रेष्ठले जानकारी दिनु भएको छ।
ग्रामीण भेगका विद्यार्थीको स्तरबृद्धिका साथै अध्ययनप्रति प्रेरणा जागृति गराउने उदेश्यका साथ प्रतियोगिता संचालन गर्न लागेको बताएका छन् ।श्रेष्ठले हाजिरी जवाफका लागि गहन अध्ययन र स्मरण चाहिने भएकाले विद्यार्थीको क्षमता अभिबृद्धिका तथा अतिरिक्त क्रियाकलाप मा उत्प्रेरणा जगाउन लागि कार्यक्रम आयोजना गरिएको बोर्डिङ स्कुलका प्रीन्सिपल दिपेश पोखरेल ले बताउनुभयो।आयोजक टिमका सदस्य बिवेक किरण श्रेष्ठका अनुसार प्रथम , द्वितिय, तृतियलाई टिमलाई शिल्ड,मेडल,प्रमाण पत्र नगद सहित र सहभागि सबै टिमलाई सहभागी प्रमाण पत्र वितरण गरिनेछ ।
गाँउका विद्यार्थीलाई अध्ययन र अतिरिक्त क्रियाकलाप प्रति उत्प्रेरणा गर्नका लागि ल्याएको उक्त कार्यक्रम सकारात्मक तथा लिखु तामाकोसी गाउँ पालिकामा पहिलो तथा नौलो भएको अभिभावकको बुझाई छ ।लिखु तामाकोसी गा.पा.का आधारभूत बिधालय र मा.बि.मा पत्र पठाइसकिएको कारणबस पत्र प्राप्त नभएको भए यसै सूचना लाई आधार मानी सहभागी भइ दिनहुन सस्था का अध्यक्ष लक्ष्मण खड्का ले अनुरोध गर्नु भयो । हाजिरी जवाफ प्रतियोगिताको तयारी पूरा भईसकेको आयोजक टिमले जनाएको छ ।