• मोरङ / राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

    बिहीबार सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फको सदस्यमा निर्वाचित भएका हुन् ।

    ६ हजार ३ सय ३० मतभार पाएका अच्छामी निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी नेपानी काँग्रेसका निरबहादुर विकले २७ सय १८ मत पाएका छन् । त्यसैगरी समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएका छन् ।

    महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएकी छिन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…