काठमाडौं, १० माघ । अमेरिकी मिलेनियर च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्याक्ट संसदबाट पारित गर्न अवरोध गरेका कारण बलात्कार जस्तो भयंकर अभियोगमा जेल पुगेको विश्वास गरिएका पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले आफूले एमसीसीलाई रोकेको स्वीकारेका छन् ।
डिल्लीबजार कारागारमा रहेका महराले आफ्ना निकाटस्थ व्यक्तिहरु मार्फत एमसीसी रोकेको खुलासा गरेका मात्रै छैनन् उनले एमसीसी नेपालका लागि काउछो बन्ने खतरा पनि दे खिएका छन् ।
प्रचण्डको मन्त्री मण्डलमा अर्थमन्त्री रहेको बेला आफूले नै एमसीसी परियोजना नेपाल ल्याउने पहल गरेको तर त्यसमा हस्ताक्षर भने शेरबहादुर देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरवेका भन्दै महराले एमसीसीमा आर्थिक विकासको मात्रै कुरा नभएको जिकीर गरेका छन् ।
महराले एमसीसी अमेरिकाको भयंकर रणनीति हो भन्दै त्यो नरोकिए नेपाल अमेरिकी सेनाको परेड ग्राउण्ड बन्ने दाबी समेत गरेका छन् । महराका अनुसार एमसीसीमा हस्ताक्षर गर्दा भन्दा अहिले कुरा फेरिएको दाबी समेत गरेका छन् ।
एमसीसी आयोजना नेपालमा लागू गर्न दिने हो भने नेपालमा अमेरिकीहरुले विद्युतीय डिभाइसहरु राखेर गोप्य सूचना लिनेदेखि यहाँबाट क–कको विरुद्ध सूचना लिनु पर्ने हो त्यो गर्ने दाबी गर्दै चीनलाई निशाना बनाउन क्षेप्यास्त्र प्रणाली नै जडान गर्ने योजना बुझेरै आफूले एमसीसी रोकेको खुलासा समेत गरेका छन्, नेपालीपत्रमा उल्लेख छ ।
लाइन पुर्याउनुको अर्थ खोज्न समेत सुझाव दिएका छन् । उनले एमसीसी पारित गरेको खण्डमा देश अर्कै अवस्थामा पुग्ने भन्दै एमसीसी पारित नगर्दा पनि नेपालको नेतृत्वमाथि झन् ठूलो तरबार झुण्डिने खतरा पनि औल्याएका छन् ।