• सन् २०१९ को डिसेम्बरमा चीनको उहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि यो भाइरसको संक्रमण तीव्र रुपमा फैलँदै गएको छ ।

    हालसम्म जापान ,अमेरिका,थाइल्यानड र दक्षिण कोरीया लगायत ५ भन्दा बढी देशमा कोरोना भाइरसका बिरामी फेला परिसकेको छन् । अहिलेसम्म ४ सय ४० जना यसबाट संक्रमित भएका छन्।

    नेपालमा पनि यसको जोखिम बढेसँगै सरकारले बढाएको छ । विभिन्न देशमा भाइरस फैलन थालेपछि यसको विषयमा चासो बढी रहेको छ । यहि विषयमा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सकहरुलाई धेरैले सोधेको जिज्ञासा र त्यको उत्तर यस्तो छ ।



    नोवेल कोरोना भाइरस भनेको के हो?
    कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भिर प्रकारको तीव्र श्वासप्रस्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)सम्म गराउन सक्दछ।

    २. के मानिसमा जनावरहरुबाट नोवेल कोरोना भाइसर संक्रमित हुन सक्दछ?

    नोवेल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हाल छैन।

    ३. के नोवेल कोरोना भाइरस र सार्स एउटै हुन्?

    सन् २००३ मा देखिएको सार्स र नोवेल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्दछन्। सबैभन्दा महत्वपूर्ण कुरा, नोवेल कोरोना भाइरस मानिसहरुबीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टि भएको छैन।
    ४. मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ?

    मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।

    ५. के यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ?

    अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकोले मानव–मानवबीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। तर, अझै मानिसहरुबीच सहजै सरेको हो भनेर पुष्टि भने भएको छैन। साथै परिवारका सदस्यहरु एकै स्रोतबाट संक्रमण भएको हुनसक्ने सम्भावना पनि रहेको छ।

    ६. यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ?

    सामान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापी रुघा, खोकी तथा श्वासप्रस्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।

    नोवेल कोरोना भाइरसका मुख्य लक्षण के हुन्?

    ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

    नोवेल कोरोना भाइरस लाग्नै नदिन के गर्ने?
    नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु÷अन्डा राम्रोसँग पाकेको मात्र खाने।

    के कोरोना भाइरसको लागि उपचार छ?

    नोवेल कोरोनाभाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ। त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ। साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…