• तेजन खड्का

    काठमाडौं । चर्चित गायक डम्बर नेपालीलाई साँगीतिक प्रस्तुति दिन भ्याई नभ्याई भईरहेको छ । पूर्व मेचीदेखी पश्चिम महाकाली सम्म आयोजना हुने म्यूजिक कन्सर्टमा उनको सहभागीता रहने गर्छ । सामाजिक सन्जालमा कैले उनी बाग्लुङ लेख्छन त, कैले कार्यक्रमको लागि पोखरा । ईलाम,पाँचथर र ताप्लेजुङमा पनि उनले मन जितिसकेका छन् । हिजै भर्खरै भोजपुरमा आफ्नो प्रस्तुति दिई घर फर्किदै गर्दा डम्बरसँग दमक महोत्सवका आयोजकले कार्यक्रमको लागि रातारात सम्झौता गरे ।



     

    ‘निक्कै ब्यस्त छु, गायक डम्बरले भने,‘साथीभाई घर परिवारलाई भनेको बेला समय दिन मुस्किल परेको छ । ’
    गायक डम्बरले बिजयादशमी तथा शुभदिपावलीमा त झन एक दिनमै ४ बटा कन्सर्टमा प्रस्तुति दिन भ्याए । कैले बिराचोक त कैले लेटाङ । दाम्राभिट्टा इटहरा त छुट्ने कुरै भएन् । त्यो अबधिमा उनले पूर्व मात्र होईन,पश्चिम तिर पनि आफ्नो प्रस्तुति दिए । आयोजक साथीभाईले कार्यक्रमको लागि बोलाउँदा सकेसम्म समय दिने कोषिस गर्छु,डम्बरले भने,‘ ठुलो भएछ भनेर कसैले नभनोस जस्तो लाग्छ । ’
    साँगीतिक कार्यक्रमको लागि एकैदिनमा २ पटक सम्म बिराटनगर टु काठमाडौं, काठमाडौं टु बिराटनगर ओहोर दोहोर गर्ने सम्भवत भाग्यमानि गायकमा डम्बर नै पर्छन् । डम्बरको प्लस प्वाइन्ट भनेको उनी धैरै मिलनसार छन् । सहयोगी भावनाका छन् । आफ्नो ठाउँमा यति उति भनेर पारिश्रमिक तोक्दैनन् । अग्रिम सम्झौता गर्छन् ।

    खासमा अहिले उनको नयाँ गीत आएको छैन, तर पनि उनलाई उहि पुराना चर्चित गीतकै कारण स्टेज पाईरहेको छ । नेपाली गीतसंगीत मन पराउनेले उनको गीत ‘मेरो जिवनबाट जाने भए जाउँ तर अन्तिम पल्ट भेट्न आउ’ नसुन्ने बिरलै छन् । पछिल्लो समय स्लो भर्सन देखी फास्ट नम्बरका गीतमा डम्बर अब्बल देखिएपछि उनको डिमान्ड अझै बढेको छ । ‘कि यो जंगे रेलमा , ब्रिगेको मान्छे म, म मान्छे नेपाली लगायतका गीत डम्बरले गाउँदा नचाच्ने दर्शक बिरलै भेटिन्छन् । माहौल बेग्लै बनिरहेको पाईन्छ । स्वदेशमा मात्र होईन, विदेशमा पनि डम्बरको सहभागिता निकै रहने गर्छ । ‘धैरै त होईन १५ बटा देश जति गाउन गए होला, डम्बरले भने,‘ दर्शक स्रोताको निक्कै माया पाएको छु । ’

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…