• पुष्कर खड्का
    रामेछाप - रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा धुलोले घरबाट बाहिर निस्कनै नसक्ने अवस्था आएपछि देवकोटाचोकका स्थानीयहरु सडक सफाईमा निस्किएको छन् ।

    उनीहरु हातमा कुचो, सावेल र पानीको बाल्टि लिएर सरसफाइमा निस्किएका हुन् । बिहिबार बिहानदेखिनै टोलबासीहरु सडक सफागर्न निस्किएका थिए । उनीहरु मध्यदिनसम्म पनि सडक सफाईमा जुटिरहेका थिए ।

    हिउँदेझरिले बगाएको माटो र सडकमा गाडी गुड्दा ल्याएको माटो सुकेपछि मन्थली बजारको केन्द्र देवकोटा चोकमा गाडी गुड्दा धुलोले बाहिर निस्कनै नसक्न अवस्था आए पछि सरसफाइमा निस्किएको देवकोटा चोक टोल सुधार समितिका संयोजक एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले बताए ।

    मन्थली नगरपालिकासँग अनुरोध गरेर २ दमकल पानी ल्याई सडको माटो बगाएको र नपुग पानी घरघरबाट बाल्टिमा ल्याई छ्यापिएको उनले बताए । यसको साथै घरघरबाट कुचो र सावेल ल्याएर सडक सफा गरि माटो फालेको उनले बताए । यस अघि पनि मन्थली बजारमा स्थानीयहरु दैनिक रुपमा सडक सफाई गर्ने गर्दथे ।

    तर गएको वर्षामा परेको ठूलो वर्षाको कारण बजार क्षेत्रको सडममा समेत जथाभावि माटो थुप्रिएर सडक अस्तव्यस्त भएपछि सडक सफाइको काम स्थानीयले छाडेका थिए । स्थानीयले बजार सफाईमा ध्यान नदिँदा मन्थली बजार दिनदिनै फोहोर बन्दै गएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…