• क्वालालम्पुर,माघ-२ रातोकलम अनलाइन, थारु पीडितहरुको सहयोगार्थको लागि आयोजना गरिएको  कार्यक्रममा प्रमुख अतिथी संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री जनकराज चौधरी ज्यू रहनु भएको थियो भने  विशेष अतिथीमा नेपाली दुतावास मलेशियाका महामहिम राजदुत डा. निरन्जन मान सिंह बस्नेत रहेका थिए। समाजका अध्यक्ष मनिराम चौधरिको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघीय मामिला तथा स्थानिय बिकास राज्य मन्त्री जनकराज चौधरी र विशेष अतिथि नेपाली राजदुतावास मलेसियाका महामहिम राजदुत डा.निरन्जनमान सिंह बस्नेतले संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए।

    कार्यक्रममा अतिथिहरु एन.आर.एनएका महासचिव सुन्दर आले, एनआरएनएका पुर्ब अध्यक्ष तथा हाल केन्द्रीय सल्लाहकार शंकर बहादुर पौडेल, कान्तिपुर दैनिकीका मलेसिया सम्बादाता रामचन्द्र गिरी, अनलाइन खबर साथै पि एन सिसि का प्रतिनिधि रामचन्द्र नेपाल, जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा, गायक फुर्बा तेम्बा शेर्पा, किरात राई यायोखा प्रतिनिधि भिम बानु किराँती, नेपाल मगर संघ मलेसियाका रमेश थापा मगर, नेपाली कांग्रेस जनसम्पर्क समिती मलेसियाका महामन्त्री योगेन्द्र कोइरला, विश्व शेर्पा महासंघ एसिया प्यासिफिकका प्रतिनिधि नुरि शेर्पा, त्यस्तै गरी शेर्पा किदुग मलेसियाका अध्यक्ष तेन्जि शेर्पा, सुनुवार सेवा समाजका सदस्य र अन्य  संघ सस्थाहरुबाट प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    थारु समुदायले मान्ने  माघी पर्बमा खाने विभिन्न खानाका  परिकारहरु कार्यक्रमका मुख्य आकर्षण रहेको हो।सो कार्यक्रममा भरपुर मनोरंजन दिलाउनका लागि मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत  नेपाली कलाकारहरु र नेपालमा थारु समुदायबाट कालाकारिता क्षेत्रमा राष्ट्रिय स्तर सम्म आफ्नो पहिचान बनाई सकेका कलाकारहरु अन्जु कुश्मी र राज कुस्मिले सङ्युक्त प्रस्तुती दिएका थिए।

    कार्यक्रममा एनआरएनका संरक्षक शंकर पौडेल, महासचिव सुन्दर आले, पत्रकार रामचन्द्र गिरी, जनजाति महासंघका पिटि शेर्पा, मगर समाजका रमेश थापा मगर, नेपाल काग्रेसमा योगेन्द्र लगाएतले महोत्सको अवसरमा शुभकामना मनतव्य राखेका थिए। त्यस्तै गरी नेपाली दुतावासका महामहिम राजदुत डा. निरञ्जनमान सिंह बस्नेतले मन्तव्यको क्रममा  मलेसियामा समस्यामा फसेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने वताउँनु भयो । र प्रमुख अतिथीले पनी प्रदेशमा भावानात्मक एकता र समाजिक सत्भाब कायम राख्दै  चार्डपवहरु मनाउँन पाउँदा खुशी व्यक्त गर्नु भएको थियो।साथै  धेरै नेपालीहरु रहेको ठाउँमा दुतावासको आफ्नै भवन नहुनुमा दुःख व्यक्त गर्दै छिट्टै आफ्नै भवनको लागि पहल गर्नु पर्ने र मलेसियामा जति पनि संघ संस्थाहरु छन् उक्त संस्थामा समृद्ध नेपालको परिकल्पनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो।

    दैनिक हजारौंको सङ्ख्यामा विदेश पलायन भइरहेका नेपाली युवाहरुको अवस्था लाई सरकारले अत्य गर्नु पर्ने र नेपालको पानीलाई जलविधुत र कृषि लाई औधोगिककरण  गर्नु पर्ने, पर्यटन क्षेत्रको विकाश गरे छिट्टै नेपाल समृद्ध हुने र नेपालीले नेपालमै रोजगार पाउँनेमा पक्का रहेको वताउँनु भयो। माघी महोत्सव कार्यक्रमका संयोजक तथा थारु समाज मलेसियाका पुर्व संस्थापक अध्यक्ष एबम थारु पत्रकार आर.एन चौधरी थारुले कार्यक्रम संचालन गरेका थिए।कार्यक्रमको अन्त्यमा सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भएका सहयोगी ब्यक्तित्वहरु लाई मलेसियामा रहेर थारु समाजका लागि योगदान पुर्याएका व्यक्तिहरुलाई प्रमुख अतिथि माननिय राज्यमन्त्री जनकराज चौधरीले सम्मान पत्र र खादा ओढाएर  सम्मान गर्नु भएको थियो ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…