• माेरङ - नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गर्नुभएकाे छ । नेकपा विप्लव समूहमा लागेर विभिन्न गतिबिधिमा संलग्न रहेको आरोपमा पाैडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउपछि उच्च अदालतले छाड्न आदेश दिएलगत्तै पाैडेलले जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मासमर्पण गर्नुभएकाे हाे । आत्मसमर्पण गर्दै पाैडेलले विप्लव समूह परित्याग गरेको बताउनुभयाे ।

    सामान्य जीवनमा फर्कन पार्टी परित्याग गरेकाे जिल्ला प्रशासन कार्यालय मोरङमा पाैडेलले दिएको निवेदनमा उल्लेख छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलसमक्ष पाैडेलले अब विप्लव समूहसँग लागेर कुनै अवैध गतिबिधि नगर्ने भनि कागज गरेपछि छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयाे ।

    जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेता, पत्रकार, मानव अधिकारकर्मीको रोहवरमा पाैडेललाई छाडिएको भण्डारीले बताउनुभयाे ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…