• आस्था राउतले प्रहरीमाथि अभद्र व्यवहार गर्नु ठीक एक साताअघि ज्योति मगरले मदिरा पिएर दरबारमार्गस्थित रेष्टुरेण्टका कामदारसँग अभद्र व्यवहार गरिन् ।

    ज्योतिसहित एकजना केटा र एक केटी साथीले सात हजारको मदिरा र सितन खाए । पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले लफडा झिकिन् । रेष्टुरेण्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो । प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन् ।

    जयनेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको घटना हो यो । तर, यो बिषयमा जनआस्थाले सम्पर्क गर्दा उनले ‘आफूहरू पीडित भएको सुनाइन् । ‘आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हातपात गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौकी पुगेको, त्यो रात अबेला भएको कारण प्रहरीले भोलिपल्ट मुद्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मुद्दा दायर नगरेको’ उनको जिकिर छ ।

    ज्योतिले थपिन्, ‘रेष्टुराँका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मुद्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं । हामी सहेर बसेका छौं भने यो इस्युलाई चकाृउन तपाईंलाई मात्रै के चासो ?’

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …