• मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरैजसो भ्रष्ट्राचारका काण्डमा शेरबहादुर देउवा आफै मुछिएकाले सरकारका गलत कामको पनि विरोध गर्न नसकेको बताएका छन् ।

    धेरै ठाउँमा चुकेकै कारण देउवा आवाजविहीन बनेको, नैतिक बल गुमाइसकेको समेत उनको आरोप थियो ।

    कोइरालाले सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउँन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापती बन्न देउवालाई आग्रह समेत गरेका छन् ।

    कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको ईतिहाँसमा यस्तो कहिल्यै नभएको बताए । कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गूटको सभापती बनेकाले समस्या आएको बताए ।

    उनले सभापतीकै कारण भात्रृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको बताए । उनले सभापती देउवाले नैतिक बल गुमाईसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउँन नसकेको बताए ।

    कोइरालाले आफु पार्टी मजबुत बनाउँने अभियानमा लागेकाले कसैसँग आग्रह र पुर्वाग्रह नराखेको स्पष्ट पारे ।

    ४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिष्टहरुको उग्रराष्ट्रवादले मुलूकको राष्ट्रियता कमजोर बनेको बताए ।

    उनले कांग्रेसलाई अती राष्ट्रबाद र उग्रराष्ट्रबाद स्विकार्य नहुने प्रष्ट पारे । ‘२०३३ सालमा बिपि कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कदा जस्तो अवस्था थियो अहिले पनी राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ ।

    कोइरालाले भने, ‘त्यतीवेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले बिपिले राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्नुएको थियो । र प्रजातन्त्रको सवालमा जनतासँग छु भन्नुभयो । प्रजातन्त्रको सवालमा जिवन भर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन ।’

    वर्तमान सरकारले ‘नियन्त्रित प्रजातन्त्र’ मार्फत मुलुकलाई एकदलिय व्यवस्थामा लैजान लागी परेको उनको आरोप थियो ।

    यो सरकारले प्रतिपक्षलाई दबाउँने, कर्मचारीलाई समायोजनका नाममा तर्साउँने, अध्यादेश मार्फत नागरिक र प्रेसका संबैधानिक हक अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने, सुरक्षा अंगमाथी नियन्त्रण राख्ने जस्ता सर्बसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथी खत्तरा बढेको बताए ।

    आफुले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउँदै डा कोइरालाले अराजकता, भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए ।

    पछिल्ला दिनमा बढेको राष्ट्रपतीको सक्रियताप्रती आलोचना गर्दै कोइरालाले भने, ‘संबैधानिक राष्ट्रपतीले पदिय मर्यादा र गरिमा भुलेर दलिय कार्यकर्ताले जस्तो सक्रिय भुमिका देखाउँन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना गरेको छ ।’

    सरकारले यति होल्डिङ्स लगायत केही सिमित ब्यावसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतीमाथी अतिक्रमण गरिरहेको आरोप कोइरालाले लगाए ।

    कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बिधान मिचेर जथाभावी गर्न सभापतीलाई छुट नभएको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…