• बाहुण्डाँगी । दैलेख जेसीजको आयोजनामा भएको लालबहादु स्मृति अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा महेन्द्र माविकी सोनिशा थापा च्याम्पियन बनेकी छिन् ।
    शुक्रवार सम्पन्न सामाजिक रुपमान्तरणमा युवाको भूमिका विषयक प्रतियोगितामा थापाले उपाधी जितेकी हुन् । उपाधीसहित उनले नगद ७ हजार ५ सय, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन ।
    यसैगरी प्रतियोगितामा त्रिभूवन माविका सुजन खनाल दोस्रो, बसन्त माविकी निशा रावत तेस्रो र रैना माविकी रोशनी विष्ट सान्तवना भए । उनीहरुले क्रमश ५ हजार, ३ हजार र १ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे ।
    उक्त प्रतियोगिता दैलेख जेसीजका पूर्व अध्यक्ष विनोद श्रेष्ठका बुबाको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको शाखाकी २०१९ की अध्यक्ष रमा प्याकुरेलले बताएन् ।
    शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षमा भएको कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर सावित्री मल्ल, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकलगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…