• बाहुण्डाँगी । अत्तरिया जेसिज बर्ष २०२० को अध्यक्षमा प्रमोद अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न अत्तरिया जेसीजको आठौं शाखा अधिवेशनवाट अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    यस्तै कार्यकारणी उपाध्यक्षमा जगतराम महरा र प्रकाश मल्ल निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा रविन्द्र खनाल , प्रदिप खड्का , लोकेन्द्र भाट र डण्डीराज जोशी निर्वाचत भएका छन् । सबै पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन् । महासचिबमा हर्क बहादुर कडायत , कोषाध्यक्षमा भगवती साउँद , कानुनी सल्लाहाकारमा पदमराज ओझा , अध्यक्ष सल्लाहकार प्रेरणा पाण्डे मनोनित भएका छन् । बाकिँ पद भने मनोनित गर्न बाकिँ रहेको छ ।

    अत्तरिया जेसिज बर्ष २०१९ का अध्यक्ष गणेश शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सासंद चुनकुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद चौधरीले युवाहरुको क्षमता विकासमा जेसिजले महत्वपुर्ण भूमिका खेलिरहेको बताइन् ।

    उनले युवा भविष्यका खम्बा भएकाले राज्यका हरेक निकायहरुमा युवाको भूमिका अनिवार्य हुनुपर्ने बताइन् । सत्तापक्षकै सांसद रहेकी चौधरीले सुदुरपश्चिम प्रदेश सरकारले जुन गतिमा अगाडी बढ्नुपर्ने हो त्यो गतिमा जान नसकेको बताइन् । उनले अब संघिय , प्रदेश र स्थानिय तिनै तहका सरकारले आफ्नो क्षेत्रमा रहेका युवाहरुको लगत संकलन गर्नुपर्ने देखिएको बताइन्

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…