• बाहुण्डाँगी । बालाजु जेसीजको २०२० का लागि अध्यक्षमा सीता पाण्डे निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ५ औँ वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । पाण्डे यो शाखाका लागि पहिलो महिला अध्यक्ष समेत हुनुहुन्छ ।
    शाखाको संस्थापक उपाध्यक्ष पाण्डेले कोषाध्यक्ष कानुनी सल्लाहकार जस्तो पदमा बसेर आफ्नो जिम्मेवारी पुरा गरिसक्नु भएको छ । उहाँ भिष्टा इन्टरनेश्नल एजुकेशनको कार्यकारीणी निर्देशक, साउथ एशियन कम्प्युटर एकाडेमीको म्यानेजिङ डाइरेक्टर समेत हुनुहुन्छ । जेसीजका माध्यमबाट विभिन्न तालिमहरु प्राप्त गरिसक्नु भएकी पाण्डेले सिङ्गापुर, मलेसिया, थाइल्याण्ड र युके समेतको भ्रमण गरिसक्नु भएको छ ।
    यसैगरी अधिवेशनले शाखाको कार्यकारीणी उपाध्यक्ष राधिका खत्री र दिपेन्द्र भट्टराई, उपाध्यक्षहरुमा आस्था अर्याल, कृष्ण खतिवडा, भोजराज पाण्डे र ललित पुन निर्वाचित भएको जानकारी निर्वाचन तथा जेसीआई बालाजुका निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त गोविन्द खनालले बताउनु भयो । यसैगरी नवनिर्वाचित अध्यक्ष पाण्डेले महासचिवमा जानकी पाण्डे, कानुनी सल्लाहकारमा प्रभात पौडेल  र कोषाध्यक्षमा राजन गुरुङलाई मनोनित गर्नु भएको छ ।
    शाखाका अध्यक्ष महेन्द्र भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष तथा नेपाल जेसीजका पूर्व महासचिव श्रीराम पौडेलको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन राधिका खत्रीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…