• बाहुण्डाँगी । हेटौंडा लेडी जेसीजको २२औ पदस्थापन तथा सम्मान कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा हेटौंडा लेडी जेसीज वर्ष २०१९ की अध्यक्ष सुष्मा खरेल लटौलाको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रम भएको हो ।

    कार्यक्रममा नेपाल जेसीसका कार्यकारिणी उपाध्यक्ष शोभा खरेल र पूर्व साम्सद आनन्त पौडेलको बिषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौडा लेडी जेसीजको सन २०२० का लागि निर्वाचित भएकी अध्यक्ष सुशीला पौडेल, उपाध्यक्ष गंगा श्रेष्ठ,कविता पौडेल,लिलु पुलामि मगर,दुर्ग बिष्ट ठकुरी,कार्यकारिणी उपाध्यक्ष सृष्टि गोरखाली, अन्जना श्रेष्ठले २२औ पदस्थापन कार्यक्रम मार्फत पदभार ग्रहण गरेका थिए । नव निर्वाचित अध्यक्ष सहितका पदाधिकारीले सपथग्रहण गरेका थिए ।

    कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिनाले लेडी जेसीजको भुमिका महत्वपुर्ण रहेको भन्दै समाज र सम्रग महिलाप्रति उत्तरदायी हुन नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेकी थिईन्, । कार्यक्रममा हेटौडा जेसिज २०२० का अध्यक्ष राजदेव बानियाँ, मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकाल, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, विभिन्न जेसिज शाखाका अध्यक्ष तथा प्रतिनिधि, लेडी जेसीजका पुर्व अध्यक्ष, पत्रकारहरुको सहभागिता रहेको थियो ।
    साभार खबर अनलाईन ÷ हेटौडा लेडी जेसीजकी पूर्व अध्यक्ष रश्मि बस्नेतको फेसबुक वालबाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…