• बाहुण्डाँगी । धनगढी क्षेत्रका जेसीज शाखाहरुको २०२० का लागि पहिलो मल्टि च्याप्टर तालिम सम्पन्न गरेको छ ।
    धनगढी जेसीज, धनगढी लेडी जेसीज र फुलबारी जेसीजको सयुक्त आयोजनामा सम्पन्न तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर कृष्ण बाहोरा र धनगढी जेसीजका पूर्व अध्यक्ष सिनेटर मोहनराज भट्टले प्रशिश्रण गराउनु भएको थियो । उक्त तालिममा २०२० को टिमलाई कसरी शाखालाई उत्कृष्ट बनाउने भन्ने विषयमा तालिम प्रदान गरिएको थियो ।
    धनगढी  जेसीज २०२० का अध्यक्ष श्याम पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनगढी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी शाही चन्द, फुलबारी जेसीजका अध्यक्ष विकास नेपाली लगायत तिनै वटा शाखाका २०२० का पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन धनढी जेसीजका तालिम संयोजक सुरज गिरीले गर्नु भएको थियो भने सञ्चालन धनगढी जेसीजका महासचिव कलेन्द्र शाहीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…