• बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको २३ औँ पद हस्तान्तन्तरण सम्पन्नरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१९ की अध्यक्ष निरु कार्कीले २०२० की अध्यक्ष सकिला परियारलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरणसँगै सफथ ग्रहण गराउनु भएको थियो ।

    यस अघि भएको साधारणभाबाट शाखाको कार्यकारीणी उपाध्यक्षमा हिमा श्रेष्ठ, नितु गौतम र मुनु गुरुङ, उपाध्यक्षहरुमा गौरी गुरुङ, आशा श्रेष्ठ र एलिना श्रेष्ठ निर्वाचित भएका छन् । निर्देशकमा आकृति बराल, रिता गौतम, अनुराधा पन्त र सहसचिवमा अञ्जली बश्रवाल रहेका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष परियारले महासचिवमा सुस्मिता श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी केसी, कानुनी सल्लाहकारमा विद्या श्रेष्ठलाई मनोनित गर्नु भएको छ ।
    शाखाकी अध्यक्ष निरु कार्कीको सभापतित्व तथा नेपाल कांग्रेसका केन्द्रीय सदस्य एवम नेवि संघका पूर्व राष्ट्रिय अध्यक्ष गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष दिनेश कोइराला, नेपाल जेसीज २०२० का कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, निरुपित उपाध्यक्ष रामबहादुर बोगटीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, मातृ शाखा नारायणगढ जेसीजका पूर्व अध्यक्षहरु, छिमेकी शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…