• बाहुण्डाँगी । लमजुङ जेसीजको १० औँ पदहस्तान्तरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
    लमजुङ जेसीज २०१९ की अध्यक्ष पायल शर्माले आफ्नो कार्यकाल सफलतापूर्वक समपन्न गर्दै २०२० का लागि निर्वाचित अध्यक्ष रहमत दिन मियाँलाई जेसीज चेन हस्तान्तरणसँगै कार्यभार सुम्पिनु भएको थियो ।
    यस अघि भएको निर्वाचनबाट शाखाका लागि कार्यकारीणी उपाध्यक्षमा देवेन्द्र गुरुङ, आइसा मिया, उपाध्यक्षहरुमा संकल्प न्यौपाने, पुजा दनाइ, विक्रम घले र आरिफ मिया निर्वाचित भएका थिए । 

    यसैगरी नवनिर्वाचित अध्यक्ष मियाँले महासचिवमा प्रेमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ, कानुनी सल्लाहकारमा विकास श्रेष्ठ र तालिम संयोजकमा दिपेश अधिकारीलाई मनोनित गर्नु भएको छ । उनीहरु सबैलाई अध्यक्ष मियाँले सयुक्त सपथ ग्रहण गराउनु भएको थियो ।
    शाखाकी अध्यक्ष पायल शर्माको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारी, निरुपित उपाध्यक्ष मञ्जु शाह ठकुरी, लमजुङ जेसीजका संस्थापक अध्यक्ष जमुना जोशी, २०१९ का मिस्टर लमजुङका विजेता विकास गुरुङ, ग्लोबल एक्सन नेपाल लमजुङका डिस्टिक कोर्डिनेटर  विष्णु चिलवाल, मातृ शाखा व्यासनगरका अध्यक्ष भरतकुमार श्रेष्ठलगायतले बोल्नु भएको थियो । कार्यक्रममा नेपाल जेसीज २०२० का तालिम आयुक्त शिव सुवेदी, नेपाली कांग्रेस लमजुङका जिल्ला सभापति भेषबहादुर पौडेल, मातृ शाखा व्यासनगरका २०१९ का अध्यक्ष रमेश गिरी, शाखाका २०१९ का निवर्तमान अध्यक्ष अनुज अधिकारी, पूर्व अध्यक्ष राजु अर्याल, छिमेकी शाखाका अध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।
    निवर्तमान अध्यक्ष अनुज अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव दिपेश अधिकारीले गर्नु भएको थियो । साथै अध्यक्ष पायल शर्माले सहभागिलाई मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो । स्मरण रहोस ः २०१९ मा जेसीज अफ द मन्थको अवार्ड समेत प्राप्त गरेको लमजुङ जेसीजकी अध्यक्ष शर्मा नेपाल जेसीजको एरिया वि अन्तर्गत तालिम संयोजकमा मनोनित हुनु भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…