बाहुण्डाँगी । भद्रपुर जेसीजका लागि २०२० को अध्यक्षमा डिल्लीराम पोखरेल निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४४ औँ शाखा अधिवेशनले पोखरेललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । २०१३ मा भद्रपुर जेसीजमा प्रवेश गरेका पोखरेल विभिन्न पदहरुमा रहेर २०१९ मा महासचिवमा रहेर कुशल जिम्मेवारी पुरा गरेका व्यक्ति हुन् ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा मनोज भट्टराई र मनोज तिम्सिना, उपाध्यक्षहरुमा टिकाराम पाण्डे, आरिफ अलि, युवराज न्यौपाने र रमेश लेइँटेल निर्वाचित भएका शाखाका २०१९ का अध्यक्ष अनुज खतिवडाले बताउनु भयो । स्मरण रहोस यो शाखाको पदहस्तान्तरण हरेक वर्षको माघ १६ गते हुने गरेको छ ।