• मोरङ ।पथरीशनश्चिरे स्थित एक होस्टेलका शिक्षकले छात्रालाई बाथरुमबाट नाङ्गै आइज भनेको मुद्धाले चर्को रुप लिएको छ । मोरङको पथरीशनिश्चरे नगर स्थित हनुमान चोकमा रहेको गोविन्द ढकालको घरमा रहेको होस्टेलमा पढाउने शिक्षक अभिशेष श्रेष्ठले होस्टलमा अध्ययनरत छात्रालाई एक प्रसंगमा नाङ्गै आइज भनेपछि घट्नाले उग्र रुप लिएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक गौरव सुब्बाका अनुसार होस्टलमा पढाउने श्रेष्ठले केही दिनअघि विहानको समयमा छात्र—छात्राहरुलाई लुगाधुने र नुहाउने समय दिएका थिए । तोकिएको समय सकिएपछि कक्षा सुरुहुने बेला एकजना छात्रा कक्षामा नआएपछि शिक्षक खोज्न गएका थिए । खोज्न जाँदा वाथरुम भित्र थिए, ती छात्रा । शिक्षक श्रेष्ठले ढोका ढकढक्याउदा भित्रबाट लुगा छैन भनेपछि शिक्षकले ‘नाङ्गै आइज’ भनेका थिए । शिक्षक श्रेष्ठले भने तल्लो तलाबाट त्यसो भनेको दावी छ । पथरीमा रहेको रेड स्टार बोर्डिङ स्कुलबाट एस.ई.ई. परीषा तयार गर्दै गरेकी छात्राले शिक्षकले प्रयोग गरेको भाषाको बारेमा घरमा सुनाएपछि घट्ना लम्बिएको हो ।

    अभिभावक र होस्टेलवीच भएको छलफलमा शिक्षक श्रेष्ठले माफी मागेका थिए । माफी मागेर सामसुम भएको केही दिनमा छात्राको काकाले शनिबार युवाहरुको ठूलो समूहसहित होस्टेल घेराउ गर्नुको साथै शिक्षक श्रेष्ठमाथि कुटपिट गरे । छात्राको अभिभावक आएको थाहा पाएर कक्षा कोठामा चुकुल लगाएर लुकेका श्रेष्ठलाई कुटपिट गर्दै भुँइतलामा झारेका थिए । तल झारेरपनि कुटपिट गर्नु थालेपछि श्रेष्ठले भागेर ज्यान बचाएका थिए । कुटपिट हुदैगर्दा आइपुगेका अर्का शिक्षक बुद्धिनाथ अधिकारीलाई समेत ती समुहले कुटपिट गरेका छन् । रेड स्टार र पञ्चायत माविका समेत शिक्षक रहेका अधिकारीलाई ती समुहले कुटपिट गरी घाइते बनाएका छन् । होस्टेलमा आएर जथाभावी कुटपिट गर्ने नौ जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पथरीले सार्वजनिक मुद्धा चलाएको छ । यसरी पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे—२ का पुष्प लिम्बू, अनिल लिम्बू, खेममान लिम्बू, भेषप्रसाद लिम्बू, सागर लिम्बू, जीवन तामाङ, पवन तामाङ, सुरज राई र राजिव बराइली रहेको प्रहरीले जानकारी दिए । पक्राउ पर्नेहरु २२ देखि ३३ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुलाई पथरीशनिश्चरे—२ का राजु तिम्सिनाको निवेदनको आधारमा पक्राउ गरेर कारबाही चलाइएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर विजय श्रेष्ठले बताए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…